बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बजाजको लिडरशिप योजना सम्पन्न

मङ्गलबार, २३ जेठ २०८०, १५ : ३२
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ ।  नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको “नेपालमा आफ्नो लिडरशिपको २५ वर्ष क्याम्पेन” सफलतापूर्वक सम्पन्न गरेको छ । उपभोक्ताहरुलाई आकर्षक लाभहरू प्रदान गर्दै कृतज्ञता व्यक्त गर्ने लक्ष्यको साथ यो अभियान नयाँ वर्ष २०७८ को शुभ अवसरमा शुभारम्भ गरिएको थियो ।

अभियानको एक हिस्साको रूपमा बजाजले ग्राहकहरूलाई आकर्षक अफरहरू उपलब्ध गराएको थियो, जसमा विशेष २५% डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, रु.१०,००० सम्मको स्योर शट नगद छुट र भाग्यशाली २५ जना ग्राहकले १ केजी चाँदी जित्ने अवसर समावेश गरिएको थियो । 
अभियानको बारेमा बोल्दै कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने,  “यो अभियान हाम्रो अहिले सम्मको यात्रामा हाम्रा ग्राहकहरूले वर्षौंदेखि दिनुभएको अटल साथका लागि आभार व्यक्त गर्ने र संगै यस उत्सवलाई मनाउने एक माध्यम थियो । नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाउँदा हामी निकै नै खुसी छौँ र भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनेछौँ ।”

देशभरका ग्राहकहरूले “नेतृत्वको २५ वर्ष” अभियानका आकर्षक अफरहरूको लाभ लिएको कम्पनीको भनाइ छ । ग्राहकको सन्तुष्टिमा निरन्तर जोड दिएकोले र उत्कृष्ट उत्पादन तथा विश्वस्तरिय सेवा प्रदान गरेकोले नै अटोमोबाइल क्षेत्रमा बजाजको ब्रान्डको रुपमा स्थापित भएको कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

बजाज ब्राण्ड नेपालको सबैभन्दा भरपर्दो मोटरसाइकल ब्रान्ड हुनुका साथै यसको सबैभन्दा ठूलो सर्भिस नेटवर्क छ । त्यस्तै यसको रिसेल मूल्य पनि उत्कृष्ट रहेको छ । यसका गुणस्तरिय उत्पादनहरू, स्पेयर पार्टको सहज उपलब्धता र ग्राहक मैत्री सेवा सुविधाप्रतिको प्रतिबद्धता जस्ता कारणहरुले गर्दा नै बजाज बाइकले बजारमा उच्चतम स्थान हासिल गरेका छन् । अटोमोवाइल क्षेत्रमा बजाजको निरन्तर २५ वर्षको नेतृत्व यसको नवीनता र गुणस्तरताप्रतिको प्रतिबद्धताको प्रमाण हो । 

जस अन्तर्गत उपभोक्ताहरुले १२५ सिसिसम्मको बजाज बाइकको खरिदमा १९२ लिटरको सामसुङको रेफ्रिजेरेटर प्राप्त गर्न सक्नेछन् । बजाजको अर्को ५० प्रतिशत डाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याज दरको अफर पनि चालु रहेको छ । जस अन्तर्गत उपभोक्ताहरुले ५० प्रतिशत डाउनपेमेन्ट गर्दा शुन्य प्रतिशत ब्याजदरमा हुलास फिनसर्भ मार्फत फाइनान्समा बाइक खरिद गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप