पाँचखालको औद्योगिक ग्रामलाई महिला उद्योगी विशेष औद्योगिक ग्राममा परिणत गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले उद्योग वाणिज्य आपूर्ति मन्त्रालयको प्रस्तावमा पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्योगी विशेष औद्योगिक ग्राममा परिणत गर्ने निर्णय गरेको छ ।
त्यस्तै, कृषि तथा पशुपक्षी मन्त्रालयको प्रस्तावमा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई नियुक्त गर्ने निर्णय गरिएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।
त्यस्तै, गृह मन्त्रालयको प्रस्तावमा आवश्यक सेवा सञ्चालन ऐन २०१४ दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हड्ताल गर्न नपाइने सूचना जारी गर्ने र यसलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ । ६–६ महिनामा प्रकाशित गर्नुपर्ने प्रावधान अनुसार यो निर्णय गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।
वन तथा वातावरण मन्त्रालयको प्रस्ताव अनुसार माथिल्लो मयुङ खोला जलविद्युत आयोजनाका लागि रसुवा र नुवाकोट जिल्लामा रहेको वन प्रयोग गर्न दिन र रुख हटाउने स्वीकृति दिने निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण