बुटवलका मासु पसलमा अनुगमन

बुटवल । भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवल उपमहानगरपालिकाले मासु पसल र सप्लायर्समा अनुगमन थालेको छ ।
यस क्रममा जेठ १४ देखि जेठ २४ गतेसम्म २९ वटा मासु पसल र सप्लायर्समा अनुगमन गरी १ सय १ किलो अखाद्य मासु र ४ प्याकेट ससेज जफत गरी नष्ट गरेको छ ।
बुटवल उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च, मासु व्यवसायी संघ, सञ्चारकर्मीसहितको अनुगमन टोलीले अखाद्य मासु र मासुजन्य पदार्थ जफत गरी नष्ट गरेको बुटवल उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सावित्रादेवी अर्यालले बताइन् ।
अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका, बधस्थल फोहोर र अव्यवस्थित पाइएका, मासु पसल र अन्य पसलहरु एकै ठाउँमा राखेका, व्यवसाय दर्ता नगरेका जस्ता मासु पसल तथा सप्लायर्सलाई चेतावनी दिँदै सुधार गर्न निर्देशन दिइएको छ ।
मापदण्ड पूरा नगरेका, अखाद्य मासु बिक्रीका लागि राखेका पसलबाट ४० हजार जरिवाना गराइएको अनुगमन तथा सरसफाइ शाखा प्रमुख ठगिश्वर पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाद्य कम्पनीले खरिद गर्यो ३० हजार क्विन्टल धान
-
एमाले र राप्रपाका ८ सांसदद्वारा खर्च कटौतीको प्रस्ताव
-
सैनिक विशेष अदालतको अध्यक्षमा पौडेल, सचिव पदमा दवाडीको बढुवा
-
कस्मेटिक सामानको आयातमा बाहिरिन्छ अर्बौं रुपैयाँ
-
भूकम्प प्रभावित क्षेत्रको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय
-
राष्ट्रियसभा विधानतः बलियो, व्यवहारमा कमजोर : नेत्री चपाईं