आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको सहयोगमा पाठेघरको क्यान्सरको नि:शुल्क जाँच शिविर

बुधबार, २४ जेठ २०८०, २१ : ०१
बुधबार, २४ जेठ २०८०

काठमाडौँ । सिद्धार्थ बैंकको गत शनिबार चन्द्रागिरि नगरपालिका-४ मा अवस्थित प्राथमिक अस्पताल थानकोट परिसरमा पाठेघरको मुखको क्यान्सरको नि:शुल्क जाँच शिविर आयोजना गरिएको छ ।

उक्त कार्यक्रम सिद्धार्थ बैंक नेपाल क्यान्सर केयर फाउन्डेसन र प्राथमिक अस्पताल थानकोटको सहकार्यमा आयोजना गरिएको हो । पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थ्यको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा १५८ जना महिलाहरूको पाठेघर परीक्षण गरिएको थियो । 

बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य रहेको बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप