सिद्धार्थ बैंकको सहयोगमा पाठेघरको क्यान्सरको नि:शुल्क जाँच शिविर
बुधबार, २४ जेठ २०८०, २१ : ०१
काठमाडौँ । सिद्धार्थ बैंकको गत शनिबार चन्द्रागिरि नगरपालिका-४ मा अवस्थित प्राथमिक अस्पताल थानकोट परिसरमा पाठेघरको मुखको क्यान्सरको नि:शुल्क जाँच शिविर आयोजना गरिएको छ ।
उक्त कार्यक्रम सिद्धार्थ बैंक नेपाल क्यान्सर केयर फाउन्डेसन र प्राथमिक अस्पताल थानकोटको सहकार्यमा आयोजना गरिएको हो । पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थ्यको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा १५८ जना महिलाहरूको पाठेघर परीक्षण गरिएको थियो ।
बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य रहेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण