सांसद तामाङको सरकारलाई प्रश्न–कञ्चनपुरका आरक्ष पीडितको कहिले पुनर्स्थापना हुन्छ ?
काठमाडौँ । नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुर जिल्लाका आरक्ष पीडितहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद लामाले समस्या समाधानका लागि पीडितहरू महिना दिनदेखि राजधानीमा भौँतारिरहेका बताउँदै पीडितको पुनर्स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद तामाङले भने–‘कुरो उठाएको उठायै छु । सरकारले गर्छु मात्र भन्ने । हाम्रो कञ्चनपुर जिल्लाको आरक्ष पीडितहरूको वर्षौँदेखिको समस्या समाधानका लागि केही प्रगति भएको छैन । नयाँ सरकार बनेपछि समस्या समाधान हुन्छ कि भनेर आस गरेर अहिले काठमाडौँमा हप्तौँदेखि पीडितहरू भौँतारिरहेका छन् । सरकारले उचित समस्या समाधानका लागि कहिले कदम चाल्छ ?’
तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट २०५८ सालमा विस्थापित भएका सयौँ पीडित परिवारको राज्यबाट अझै पुनर्स्थापना हुन सकेको छैन । उनीहरू अझै पनि सडक र नदी किनारमा शिविर बनाएर बसिरहेका छन् । केही समयअघि आरक्ष पीडित सङ्घर्ष समिति बनाएर पीडितहरू काठमाडौँ आई जिल्लाबाट निर्वाचित सांसद र मन्त्री तथा प्रधानमन्त्रीसँग भेट गरेर समस्या समाधानका लागि पहल गरेका थिए तर उनीहरूको समस्याको अझै सुनुवाइ भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण