नक्कली भुटानी शरणार्थी प्रकरणमा रमण श्रेष्ठको जिकिर : ठगीको जाहेरी नै दर्ता हुन सक्दैन

काठमाडौँ । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगीको जाहेरी नै दर्ता हुन नसक्ने बताएका छन् । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको तर्फबाट बहस गर्दै श्रेष्ठले एउटा देशको नागरिक अर्को देशको नागरिक बनाउनै नमिल्ने हुनाले ठगीको जाहेरी दर्ता हुन नसक्ने बताए ।
बिहीबार प्रतिवादी सानु भण्डारीको तर्फबाट बहस गर्दै श्रेष्ठले भने, ‘गजेन्द्र बुढाथोकीको जाहेरीको चौथो पेजमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने विषय उल्लेख छ । एउटा देशको नागरिक अर्को देशको नागरिक बनाउनै नमिल्ने हुनाले ठगीको जाहेरी नै दर्ता हुन सक्दैन । ’ नेपालीलाई भुटानी बनाउने कानुनी व्यवस्था नभएको जिकिर गर्दै उनले भने, ‘गैरकानुनी उद्देश्यका लागि रकम लेनदेन भएकाले जाहेरी दर्ता हुन सक्ने अवस्थ छैना । जुन जाहेरी दर्ता हुने कानुनी व्यवसथा नभएको अवस्थामा जाहेरी दर्ता नै हुनसक्दैन ।’
उनले गजेन्द्रविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा रहेको र फरार अवस्थामा रहेको पनि बताए । यो मुद्दाको स्रोत नै दूषित रहेको र एकै जनालाई पटक पटक बयान लिन मिल्छ र श्रीमान ? भन्दै प्रश्न पनि गरे ।
यस्तै उनले प्रतिवादीहरु बालकृष्ण खाँण र टंककुमार गुरुङको पक्षमा पनि बहस गर्ने बताइएको छ । टंकको पक्षमा बहस गर्दा उनले टंक विशुद्ध होटल सञ्चालक रहेको जिकिर गरे । कसैले उसको होटलमा खाए भन्दैमा मुद्दा लगाउन नमिल्ने र सानु भण्डारीको डायरीको आधिकारिकताबारे पनि जाँचबुझ हुनुपर्ने इजलासमा माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
५ प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म