यु–२० महिला एसियन कपमा नेपाल चीनसँग पराजित
काठमाडौं । एएफसी यु–२० महिला एसियन कप फुटबलको दोस्रो चरणको छनोट प्रतियोगितामा बिहीबार नेपाली टोलीले फराकिलो अन्तरको हार भोगेको छ । म्यानमारमा भएको खेलमा चीनले नेपाललाई ५—० गोलले हराएको हो ।
दोस्रो चरणको छनोटमा नेपालले भोगेको यो दोस्रो पराजय हो । यसअघि आफ्नो पहिलो खेलमा पनि नेपाली टोलीलाई आयोजक म्यानमारले ५—० गोलले हराएको थियो । म्यान्मारको याङ्गोनमा बिहीबार भएको खेलमा नेपालले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल खाएको थियो ।
चीनका लागि खेलको १६औं मिनेटमा युयाङ् युह्यानले पहिलो गोल गरिन् । २६औँ मिनेटमा ह्यु युछिनले दोस्रो गोल गरिन् । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा यिन लिहाङले तेस्रो गोल गरिन् । पहिलो हाफकै इन्जुरी समयको पाँचौं मिनेटमा लु जुआयुले चौथो गोल थपिन् ।
यसैगरी निर्धारित समयको ८९औं मिनेटमा यु जिआक्वीले चीनका लागि पाँचौं गोल गरेकी थिइन् । जारी छनोट प्रतियोगितामा चीनको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा चीनले चाइनिज ताइपेलाई १–० गोलले हराएको थियो ।
छनोट प्रतियोगितामा अब नेपालले अन्तिम खेल शनिबार चाइनिज ताइपेसँग खेल्नेछ । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह ’बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण