शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कमलको नेतृत्वमा कोशी प्रदेश मोर्डन पेन्टाथलोन संघ गठन

बिहीबार, २५ जेठ २०८०, १९ : ३९
बिहीबार, २५ जेठ २०८०

विराटनगर । कोशी प्रदेशको मोर्डन पेन्टाथलोन संघको अध्यक्षमा कमल बहादुर विश्वकर्मा चयन भएका छन् । 

उक्त समितिको उपाध्यक्षमा दिपककुमार काफ्ले, दिपक कार्की, महासचिवमा प्रमोद नेपाल, सचिवमा मानवीर मगर र कोषाध्यक्षमा इन्द्रकला नेम्वाङ्ग चयन भएका छन् । 

गत मंगलबार मोर्डन पेन्टाथलोन संघ कोशी प्रदेशको भेला राखी उक्त समिति गठन भएको हो । भेलामा केन्द्रीय सदस्य रितेश श्रेष्ठ तथा प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेको उपस्थिति थियो । उक्त समितिका सदस्यहरुमा गोपाल मगर, मैना राना मगर, जब्बर कार्की, पवित्रा तामाङ र रविन तामाङ रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप