भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित अगाडि बढ्न आवश्यक छ : डा भट्टराई
भक्तपुर । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाललाई बदल्न देशमा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित नेता अगाडि बढ्नुपर्ने बताएका छन् । आजदेखि भक्तपुरमा सुरु भएको पार्टीको दुई दिने केन्द्रीय समिति बैठकमा उनले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउन मुस्किल भएको वर्तमान अवस्थामा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्प नेतादेखि कर्मचारीसम्ममा हुनुपर्ने बताएका हुन् ।
“देशमा चरम भ्रष्टाचारको विकृति चुलिएको छ, अहिले त भ्रष्टाचार नगर्ने मान्छे खोज्नुपर्ने बेला आएको छ, भ्रष्टाचारको यति ठूलो सङ्क्रामक रोगबाट हामी गुज्रिरहेका छौँ”, अध्यक्ष भट्टराईले भने, “अब भ्रष्टाचारको अन्त्य गर्दै सुशासन दिने र हाम्रै कार्यकालमा देशका लागि समृद्धिको लक्ष्य प्राप्त गर्नुपर्छ ।” नेपाल बदल्ने सङ्कल्पसहित नेपाल समाजवादी पार्टी गठन भएको भन्दै उनले आफ्नो पार्टीले निकट भविष्यमा अन्य पार्टीभन्दा फरक पहिचान स्थापित गर्ने दाबी गरे ।
उनले प्रगतिशील, लोकतान्त्रिक र समाजवादी शक्तिहरूको एकता अपरिहार्य रहेको औँल्याउँदै यथास्थितिमा वाम शक्तिहरू टिक्न नसक्ने बताए । ‘अबको राष्ट्रको सङ्कल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा माथि बोल्दै उनले भने, “नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिमा रूपान्तरित भएर बृहत् ध्रुवीकरण नगर्ने हो भने अहिलेकै साम्यवादी रूपमा अब लामो समय वाम शक्तिहरू अघि बढ्न कठिन हुन्छ ।”
विभिन्न राजनीतिक प्रतिवेदनमाथि बृहत् छलफल गर्दै बैठक भोलि समापन हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण