सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठक: बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

शुक्रबार, २६ जेठ २०८०, ०९ : ५९
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । आज राष्ट्रिय सभा बैठक बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा  बिहान ११ः३१ बजे बैठक सुरु हुनेछ । 

आज बस्ने बैठकमा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने र त्यसमाथि उठेका जवाफ अर्थमन्त्री प्रकाशशरण महतले दिने कार्यसूची रहेको छ । 

गत जेठ १५ गते अर्थमन्त्री महतले पेस गरेको बजेटमाथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ । आज अर्थमन्त्री महतले जवाफ दिए पछि सम्भवतः आज राष्ट्रिय सभाबाट बजेट पारित हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप