‘ए’ डिभिजन लिगको मुख्य प्रायोजकमा कतार एयरवेज
काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गर्ने भएको छ । जारी सिजनको ‘ए’ डिभिजन लिग उत्तरार्धमा पुगेपछि मुख्य प्रायोजकको टुंगो लागेको हो । जारी सिजनको लिगमा सहभागी १४ वटै क्लबले अब एक÷एक खेलमात्र खेल्न बाँकी छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एक विज्ञप्ति जारी गरी कतार एयरवेजले ‘ए’ डिभिजन लिगलाई प्रायोजन गरेको जनाएको छ । कतार एयरवेज दुई सिजनका लागि ‘ए’ डिभिजन लिगको मुख्य प्रायोजक बनेको एन्फाले जनाएको छ । ‘कतार एयरवेजले सन् २०२३ र सन् २०२४ को ए डिभिजन लिग फुटबललाई प्रायोजन गर्ने भएको छ,’ एन्फाका प्रवक्ता सुरेश शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो समाचार सुनाउन पाउँदा हामी उत्साही पनि भएको छौं ।’
एन्फा र कतार एयरवेजबीच कति रकमको प्रायोजन सम्झौता भएको हो भन्ने विषयमा भने केही खुलाइएको छैन । कतार एयरवेजले यसअघि पनि दुई पटक ‘ए’ डिभिजन लिगलाई मुख्य प्रायोजन गरेको थियो । प्रायोजन सम्झौतापछि अब आगामी सिजनको ‘ए’ डिभिजन लिगमा सहभागी हुने १४ वटै क्लबका खेलाडीको जर्सीमा कतार एयरवेजको लोगो अंकित हुनेछ ।
_XKGDjNRwGK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण