‘ए’ डिभिजन लिगको मुख्य प्रायोजकमा कतार एयरवेज

काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गर्ने भएको छ । जारी सिजनको ‘ए’ डिभिजन लिग उत्तरार्धमा पुगेपछि मुख्य प्रायोजकको टुंगो लागेको हो । जारी सिजनको लिगमा सहभागी १४ वटै क्लबले अब एक÷एक खेलमात्र खेल्न बाँकी छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एक विज्ञप्ति जारी गरी कतार एयरवेजले ‘ए’ डिभिजन लिगलाई प्रायोजन गरेको जनाएको छ । कतार एयरवेज दुई सिजनका लागि ‘ए’ डिभिजन लिगको मुख्य प्रायोजक बनेको एन्फाले जनाएको छ । ‘कतार एयरवेजले सन् २०२३ र सन् २०२४ को ए डिभिजन लिग फुटबललाई प्रायोजन गर्ने भएको छ,’ एन्फाका प्रवक्ता सुरेश शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो समाचार सुनाउन पाउँदा हामी उत्साही पनि भएको छौं ।’
एन्फा र कतार एयरवेजबीच कति रकमको प्रायोजन सम्झौता भएको हो भन्ने विषयमा भने केही खुलाइएको छैन । कतार एयरवेजले यसअघि पनि दुई पटक ‘ए’ डिभिजन लिगलाई मुख्य प्रायोजन गरेको थियो । प्रायोजन सम्झौतापछि अब आगामी सिजनको ‘ए’ डिभिजन लिगमा सहभागी हुने १४ वटै क्लबका खेलाडीको जर्सीमा कतार एयरवेजको लोगो अंकित हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन