रातोपाटी डटकमको १०औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न
काठमाडौँ । डिस्कवरी न्युज नेटवर्क प्रालिद्वारा सञ्चालित रातोपाटी डटकमको १० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
ललितपुरको बखुण्डोलमा रहेको कार्यालयमा शनिवार गरिएको कार्यक्रममा अध्यक्ष विजया शर्माले रातोपाटीको १० वर्षको यात्रा तय गर्न सहयोग पुर्याउने पाठक, विज्ञापनदाता, पत्रकार, कर्मचारी, शुभचिन्तक लगायतलाई धन्यवाद ज्ञापन गरिन् ।
अध्यक्ष शर्माले ‘सबैको सबैभन्दा राम्रो’ भन्ने रातोपाटीको नारा अनुरुप नेपाली मिडिया जगतमा रातोपाटीले सबै पक्षका समाचारलाई सामान प्राथमिकता दिँदै अघि बढिरहेको उल्लेख गरिन् ।
उनले रातोपाटीलाई अझै विश्वसनीय, पठनीय बनाउन, सबै विषय र क्षेत्रलाई समेट्दै जाने बताउँदै रातोपाटीको आगामी यात्रामा पाठक, विज्ञापनदाता, शुभचिन्तकको निरन्तर सहयोग भइरहने अपेक्षा व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघका महासचिव रोशन पुरीले रातोपाटीले सबै प्रकारका समाचार सामग्री र नागरिकका अन्य आवश्यक विषयवस्तुलाई समेत समेट्दै अघि बढेकोमा धन्यवाद ज्ञापन गरे ।
महासचिव पुरीले भने, ‘पाठकलाई अक्षर, फोटो र भिडियोको माध्यमबाट, इन्टरनेटको पहुँचबाट संसारभर छरिएर रहेका नेपालीहरुमाझ पुर्याएको छ । त्यसैले यो संस्थाको बारेमा जति नै चर्चा गरेपनि कम हुन्छ । छोटो समयमा जसरी यसले आफूलाई स्थापित गरेको छ, आगामी १० वर्षको अवधिमा यसले आफूलाई सबैभन्दा अब्बल हुने विश्वास लिएको छु । नेपाली सञ्चारमाध्यम ग्लोवल दुनियाँमा गइसक्यो, अहिले मिडियामा एआई लगायत जसरी अन्य प्रविधि प्रयोग हुन थालेको छ । नेपाली सञ्चारमाध्यममा यसको प्रयोग कम छ आगामी दिनमा यस संस्थाले विभिन्न प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय स्तरको मिडिया बन्न सकोस् भन्ने कामना गर्दछु ।’
_b1Ipvbobns.jpg)
कार्यक्रममा प्रभू बैंकका सीईओ अशोक शेरचनले नेपालको मिडिया जगतमा रातोपाटीले खेलेको भूमिकाको प्रसंशा गरे ।
देशभित्र मात्र नभई देश बाहिर पनि गुणस्तरीय समाचार सेवा प्रदान गरेको बताउँदै शेरचनले देशका समग्र विषय र पक्षलाई समेटेर रातोपाटीले सह्रानीय काम गरेको उल्लेख गरे ।
उनले रातोपाटीमा गाउँका कुरा, सामान्य जनताका कुरालाई अझै बढी स्थान दिनुपर्नेमा जोड दिँदै उनीहरुको आर्थिक विकासका लागि भूमिका निर्वाह गर्न आग्रह गरे ।
शेरचनले देश संघीयतामा गएसँगै स्तानीय तहसम्म पुगेर, राज्यको तल्लो तहसम्म पुगेर जनताको जीवनस्तर उकास्न प्रभू बैंकले भूमिका खेलिरहेको बताए । उनले मिडिया, बैंक लगायत आफ्नो क्षेत्रबाट जसरी हुन्छ जनतालाई अघि बढाउन काम गर्दै जानुपर्नेमा जोड दिए ।
_pNcH2z9rdm.jpg)
कार्यक्रममा रातोपाटी डटकमका संस्थापक प्रधानसम्पादक ओम शर्माले रातोपाटी डटकम आजका दिनसम्म आइपुग्न सबैको समुच्च प्रयासको योगदान रहेको बताए ।
उनले रातोपाटीलाई अगाडि बढाउन पत्रकार, कर्मचारीलाई उर्जाशील भएर जिम्मेवारीपूर्वक निरन्तर रुपमा अघि बढ्न आग्रह गरे । शर्माले देशका सम्पूर्ण विषयवस्तुलाई समेट्दै देशलाई समृद्ध बनाउनका लागि रातोपाटी टिम निष्पक्ष, व्यावसायिक र जिम्मेवारीपूर्वक अगाडि बढिरहने प्रष्ट पारे ।
१० वर्षअघि स्थापना भएको रातोपाटी डटकमको ७ प्रदेश संस्करण, केन्द्रीय कार्यालयसहित प्रदेशमा कार्यालय रहेको छ । रातोपाटीको हाल नेपाली र अंग्रेजी संस्करणका साथै मल्टिमिडिया पनि सञ्चालनमा रहेका छन् ।
कार्यक्रममा प्रधान सम्पादक जिवेन्द्र सिम्खडा र प्रभु बैंकका सीईओ शेरचनले संयुक्त रुपमा केक काट्दै कार्यालयमा सहभागीबीच वार्षिकोत्सवको खुसीयाली मनाइएको थियो ।
_MslvuxlI73.jpg)
_ZrOo26f2me.jpg)
_kECbmlrrRi.jpg)
_H19aOm3GeE.jpg)
_k1m4twxnJM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण