सांसद साेविता गौतमले डिलिट गरिन् आफ्नो ट्वीटर स्टाटस्
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले स्टाटस् डिलिट गरेकी छन्। हालै मात्रै वैवाहिक बन्धनमा बाँधिएकी सांसद गौतमले आफनो ब्यक्तिगत जीवनमा नकारात्मक प्रतिक्रिया आएपछि ट्वीटर स्टाटस् डिलिट गरेको बताएकी हुन् ।
‘पछिल्लो समय त्यो (नकारात्मक) न्युजहरु आइसके पछाडि मैले ट्वीटर स्टाटस् डिलिटै गरिदिएँ, फालिदिए, एकदमै टक्सिट हुन्छ क्या कहिले कहिले’ सोविताले एउटा पोडकास्ट अन्तरवार्तामा भावुक हुँदै भनेकी छिन, ‘ट्वीटर धेरै सकरात्मक कुरा भएपनि ट्वीटर कहिलेकाँही टक्सिट नै हुन्छ, अटयाक सबालमा धेरै बौद्धिक दरिद्रता छ त्यहाँ, फेक प्रोफाइल बनाएर प्रहार गर्नुपरयो भने बौद्धिक मान्छेहरुले ट्वीटर प्रयोग गर्छन् ।’
विवाह गरेर जापान गएपछि आफनो ब्यक्तिगत जीवनमा धेरै लाञ्छना लगाए पछि आफु दुःखित भएको पनि उनको भनाई छ । सोविताले सोही सिलसिलामा एउटा स्टाटस् ट्वीटरमा पोष्ट गरेकी थिइन् । सो पोष्टमा धेरै नकारात्मक कमेन्ट आउन थालेपछि उनले स्टाटस् डिलिट गरेकी हुन् ।
आफुसँग एक पटक पनि नसोधी आफनो ब्यक्तिगत जीवनमा नकारात्मक कुराहरु फैलाउने मिडियालाई नोटिस गरेको पनि जनाएकी छिन् । ‘म जापान हुँदा मेरो बुबाले भन्नुभयो कि तेरो यति धेरै कुरा आएको छ, तेरी आमा मरी भने मलाई थाहा छैन, के हुन्छ ?’ उनले भावुक हुँदैँ भनिन्, ‘यो देशमा कानुन छ, गर्नुपर्छ दयाटस इट ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण