टर्कीको सरकारी विस्फोटक कारखानामा विस्फोट, कम्तीमा ५ जनाको मृत्यु
कारा । टर्कीको एक रकेट तथा विस्फोटक कारखानामा भएको शक्तिशाली विस्फोटमा परेर पाँच जना कर्मचारीको मृत्यु भएको छ । यो घटना शनिबार बिहान राजधानी अंकाराबाट ४० किलोमिटर टाढा सरकारी स्वामित्व भएको एमकेई रकेट एन्ड एक्सप्लोसिभ फ्याक्ट्रीमा भएको थियो ।
टर्कीको सरकारी टेलिभिजनका अनुसार विस्फोटबाट नजिक रहेका घर तथा पसलमा समेत क्षति पुगेको छ । घटनामा कयौँ घाइते भएको पनि बताइएको छ । अधिकारीहरूका अनुसार कारखानाको डायनामाइट विभागबाट विस्फोट सुरु भएको थियो ।
क्षेत्रीय गभर्नर वहाप साहिनले भग्नावशेषमा कोही पनि कर्मचारी नफसेको जानकारी दिए । सरकारी मिडियाका अनुसार घाइते कर्मचारीहरूलाई स्थानीय अस्पतालमा लगिएको छ । यसमध्ये कयौँको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
पत्रकारहरूसँग कुराकानी गर्दै गभर्नर साहिनले रासायनिक प्रयोगका दौरानका यो विस्फोट भएको बताए । उता, उपरक्षामन्त्री अल्पस्लान कवाकलियोग्लूले विस्फोटभन्दा अघिको भिडियो फुटेज अध्ययन भइरहेको बताएका छन् ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण