बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

एमपीको निर्देशनमा निराजन र सोनाले गरे प्रगाढ प्रेम

मङ्गलबार, २९ फागुन २०७४, १५ : २१
मङ्गलबार, २९ फागुन २०७४

काठमाडौं – मोडल निराजन प्रधान र सोना पालुङुवा लिम्बूको प्रगाढ प्रेम एक भिडियोमा छचल्किएको छ । जुन भिडियो देखेर दर्शक तथा श्रोतालाई पनि ‘रियालिटी लभ’को महशुस हुनसक्छ । 
गायिका प्रकृति थुलङको ‘मेरो मुटु...’ बोलको गीत तथा भिडियो यी दुबैको प्रेम देखिएको हो । ‘लभ सेन्टिमेन्ट’ यस गीतको भिडियोलाई पत्रकार एमपी सुब्बाले निर्देशन गरेका हुन् । भिडियोमा निर्देशक एमपीले एक प्रेमिल जोडीको अन्तरप्रेमभावलाई ‘सेन्टिमेन्ट’ रुप दिएका छन् ।
भिडियोमा निराजन र सोनाको जोडी राम्रै जमेको छ । निराजन अहिलेका व्यस्त र चर्चित मोडल हुन् भने सोना मोडलिङ क्षेत्रमा केही गरौं भन्ने हेतुले संर्घषरत छिन् । निराजनसँग केमेष्ट्रि मिल्ने देखिएकाले नै ‘मेरो मुटु...’का लागि यी जोडीलाई लिएको निर्देशक एमपी सुब्बाले बताए । फेसन डिजाइनर कमल मानन्धरको क्रियटिभ पहिरनले पनि भिडियोमा यी जोडी सुन्दर दिएको छ । 
बुद्धराज राईको शब्द र कमल रसाइँलीको संगीत रहेको गीतको भिडियोलाई निर्देशक समेत रहेका फोटो पत्रकार नबिनबाबु गुरुङले खिचेका हुन् । गोदाबारी भिजेल रिसोर्टमा छायांकन गरिएको यस भिडियोलाई टेकेन्द्र शाहले रंगरगुन तथा सम्पादन गरेका हुन् ।   
‘मेरो मुट...’ बोलको यो गायिका प्रकृतिको पछिल्लो गीत हो । ‘पुर्वाञ्चल सिंगिङ आइडल’समेत रहेकी प्रकृतिको यस गीतको भिडियोलाई जेटिए कम्पनी लिमिटेडको ब्यानरमा एसजे सुब्बाले निर्माण गरेका हुन् । गीत निकै मिठास लागेकाले म्युजिक भिडियोमा लगानी गरेको एसजे सुब्बाले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप