आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गुगलले दोस्रो फोल्डेबल फोनको परियोजना रद्द गर्‍यो : कहाँ भयो गल्ती ?

आइतबार, २८ जेठ २०८०, १३ : ००
आइतबार, २८ जेठ २०८०

यस महिनाको सुरुमा फोल्डेबल स्मार्टफोन बजारमा प्रवेश गरेको गुगलले दुई फरक फोल्डेबल मोडलमा काम गरिरहेको बताएको थियो तर पछि यसको गुणस्तरमा असन्तुष्ट भएपछि ती मध्ये एउटाको परियोजना त्यागेको छ ।

अल्फाबेटको स्वामित्वमा रहेको कम्पनीमा हार्डवेयर उत्पादनका लागि उपाध्यक्ष तथा डिजाइन प्रमुख आइभी रोसले मेड बाई गुगल पोडकास्टमा यसको पुष्टि गरिन् ।

‘म हाम्रो टिमप्रति निकै गर्व गर्छु किनभने हामीले सिर्जना गरेको अर्को फोल्डेबल मोडल थियो । हामीसँग यस्तो समूह थियो जसले परियोजनालाई रोकेर ‘अहिले नै यो राम्रो भइसकेको छैन त्यसैले हुँदैन’ भन्न सक्छ । हामीसँग यस्तो समूह छ, जसले परियोजनालाई पहिल्यै भइसकेको भन्दा राम्रो नभएसम्म कुर्न सक्छ,’ रोसले भनिन् । 

‘त्यसैले यो एउटा प्रमाण हो... यो तथ्यका लागि कि हामी केही कुरा राम्रो छैन भनेर चिन्न सक्छौँ ।’

गुगलले मे १० मा क्यालिफोर्नियाको माउन्टेन भ्युमा भएको गुगल क्ष्रइ सम्मेलनमा आफ्नो पहिलो फोल्ड गर्न मिल्ने स्मार्टफोन पिक्सेल फोल्ड लन्च गर्याे।

१७९९ डलर (२,३७,२४६ रुपैयाँ) मूल्य तोकिएको नोटबुक शैलीको स्मार्टफोनमा ७.६ इन्चको भित्री डिस्प्ले र ५.८ इन्चको कभर स्क्रिन रहेको छ ।

गुगलको आफ्नै टेन्सर जीटु चिपद्वारा सञ्चालित, पिक्सेल फोल्डमा एक परिचित स्मार्टफोन सिलौटे छ जुन फोल्ड हुँदा हत्केलामा राम्रोसँग अट्छ । तर व्यावसायिक प्रयोगकर्ताहरूको लागि यो फराकिलो स्क्रिनमा खुल्छ ।

रोसले गुगलले रद्द गरेको फोल्डेबल स्मार्टफोन कस्तो खालको थियो भनेर जानकारी भने दिएकी छैनन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप