बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बजाजको फाइनान्स जात्रा शुरु

आइतबार, २८ जेठ २०८०, १६ : १६
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौँ उपत्यकाका ग्राहकहरुको सहुलियतलाई ध्यानमा राख्दै फाइनान्स जात्राको शुरुवात गरेको छ ।
 शुन्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स जात्रा अन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटरसाइकल १८ महिना सम्मको किस्तामा शून्य प्रतिशत ब्याजमा खरिद गर्न सक्नेछन् । जसले गर्दा बजाजका मोटरसाइकलहरु खरिद गर्न चाहने उपभोक्तालाइ अझै सजिलो भएको छ । 

उपत्यकामा जात्रालाई जसरी विशेष महत्व दिएर मनाइने गरिन्छ त्यसरी नै बजाजले पनि आफ्नो फाइनान्स जात्रालाई एक उत्सवका रुपमा मनाएर ग्राहक माझ अझै सहज र उत्साहपूर्ण अफर प्रदान गर्ने प्रयत्न गरेको छ । 
यस फाइनान्स जात्रा अन्तर्गत उपत्यका भित्र बजाज मोटसाइकल खरिदमा ५०% डाउन पेमेन्टमा १८ महिना सम्मको किस्तामा ०% ब्याजदरको लाभ लिन सकिनेछ । 

यो जात्रा काठमाडौँ उपत्यकाभरिका १८ बजाज शोरूमहरुमा जेष्ठ २८ देखि ३२ गते सम्म ५ दिनको लागि हुने कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप