यस्तो छ ‘परस्त्री’ को हिन्दी ट्रेलर
काठमाडौँ । आगामी १५ असारबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘परस्त्री’ को हिन्दी ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर भारतीय युट्युब च्यानल बीफोरयू म्युजिकबाट सार्वजनिक गरिएको हो । विवाहेत्तर सम्बन्धले निम्त्याएको पारिवारिक विग्रह र सङ्कटको कथामा निर्माण भएको फिल्मको ट्रेलरमा अभिनेत्री शिल्पा मास्केको बोल्ड दृश्य रहेको छ ।
हिन्दी डब ट्रेलर भारतीय दर्शकमा फिल्मप्रति कौतुहलता जगाउने विश्वास निर्माण टिमको छ । हिन्दी डबको क्रममा भारतीय वितरकहरूले मुकेश भट्ट (बलिउड निर्देशक) फ्लेवरको फिल्म बनेको भन्दै प्रशंसा गरेको निर्मात्री शर्मिला पाण्डेले बताएकी छन् । फिल्मको नेपाली ट्रेलर बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक भएको थियो ।
सुरज पाण्डेद्वारा निर्देशित फिल्मलाई दीपेन्द्र के.खनालले लेखेका हुन् । फिल्ममा शिल्पाका अलावा कोसिस क्षेत्री, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेको पनि अभिनय छ । डिएस डिजिटलको ब्यानरमा निर्मित फिल्मलाई भारत रिलिजमा नेन्दी क्रियसनले सहयोग गर्दैछ । निरज कँडेल फिल्मका छायाँकार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण