दुर्घटना
प्युठान कार दुर्घटना अपडेट : मृतक ८ मध्ये ७ जनाको पहिचान खुल्यो
सोमबार, २९ जेठ २०८०, १८ : ५३
दाङ । प्युठानको स्वर्गद्वारी नगरपालिका –४ भेतुकेमा भएको कार दुर्घटनामा परी मृत्यु भएका ८ जनामध्ये ७ जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार अन्य एक जनाको पहिचान खुल्न सकेको छैन ।
मृत्यु हुनेमा कार चालक लमही नगरपालिका वडा ५ का तारा कुमाल, कारमा सवार लमही–७ का ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र उनका ९ वर्षीय छोरा आदित्य शाह रहेको जिल्ला प्रहरी कार्यालय प्युठान प्रवक्ता सुशील थापाले जानकारी दिए ।
यस्तै मृत्यु हुनेमा तुलसीपुर उपमहानलपारिका वडा १५ कोठरीका ३५ वर्षीया सरिता शर्मा पोख्रेल, उनका १४ वर्षीय छोरा विशाल पोख्रेल र ९ वर्षीय छोरा विकास पोख्रेल रहेका छन् ।
मृतक ८ जनाको शव जिल्ला अस्पताल प्युठानमा राखिएको प्रवक्ता थापाले जानकारी दिए । मृतकका आफन्तहरू आएपछि शव बुझाइने थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण