मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्री भुसालले भने–अनुदानको मल दुरुपयोग भयो, सचेत हुनुहोला

सोमबार, २९ जेठ २०८०, १९ : ३०
सोमबार, २९ जेठ २०८०

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले किसानहरुले पाउने मलको अनुदानमा दुरुपयोग भएको भन्दै सचेत रहन आग्रह गरेका छन् ।  

सोमबार २० औँ राष्ट्रिय धान दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले किसानहरूका लागि दिइने मलको अनुदानमा दुरुपयोग हुने गरेको बताएका हुन् । 

मन्त्री भुसालले अनुदानको मल गैर किसानले लिने गरेको थाहा पाएको भन्दै यसको निम्ति स्वयं किसानपनि सचेत हुनुपर्ने बताए । उनले किसानहरुलाई अनुदानको मलको खोजी गर्न आग्रह पनि गरे । उनले मलको दुरुपयोग रोक्न मातहतका निकायहरुलाई निर्देशन समेत दिए ।  

मन्त्री भुसालले रासायनिक मलको प्रयोग कृषिको प्रयोजनबाहेक पनि हुने गरेको भन्दै त्यसलाई पनि रोक्नुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप