सोमबार ४ जना अभियुक्तको तर्फबाट थुनछेक बहस
काठमाडौं । शरणार्थी प्रकरणमा सोमबार ४ जना अभियुक्तको तर्फबाट थुनछेक बहस पूरा भएको छ । सचिव टेकनारायण पाण्डेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका छन् ।
२०७५ मंसिर ३ मा मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्न तत्कालीन गृह मन्त्रालयका सचिव प्रेम कुमार राई र निमित्त सचिव रामकृष्ण सुवेदीले गरेको निर्णयलाई टेकनारायण पाण्डेले निरन्तरता दिएको वरिष्ठ अधिवक्ता श्रेष्ठले बताए । मन्त्रिपरिषद्को निर्णयपछि २०७६ कार्तिक १७ मा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र अर्थमन्त्री युवराज खतिवडा सम्मिलित टिमले भुटानी शरणार्थीको समस्या समाधान गर्न तेस्रो मुलुकसँग पनि वार्ता अघि बढाउने निर्णय गरेको थियो ।
सो बैठकमा तत्कालीन परराष्ट्र सचिव शंकर बैरागी, अर्थ मन्त्रलयका सचिव राजन खनाल र प्रेम कुमार राई सहभागी थिए ।
बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषद्को निर्णय अनुसार सरकारले शरणार्थीलाई स्वदेश फिर्ता पठाउन प्रयास गर्ने, शिविरमा शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको बन्दोबस्त मिलाउने र तेस्रो मुलुकमा पुनर्स्थापना गर्न वार्ता सुरु गर्ने निर्णय गरेको वरिष्ठ अधिवक्ता श्रेष्ठले बताए ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, ‘मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा लैजान प्रेम कुमार राई र रामकृष्ण सुवेदीले गरेको कामलाई टेकनारायण पाण्डेले निरन्तरता दिएका हुन्, यसमा पाण्डेलाई मुद्दा चलाउनुपर्ने कारण छैन ।’
गृहसचिव हुँदा पाण्डेले शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउन गिरोहसँग मिलेर काम गरेको अभियोग सरकारी वकिल कार्यालयले लगाएको छ ।
वरिष्ठ अधिवक्ता श्रेष्ठले सचिव पाण्डेलाई शर्त राखेर थुनामुक्त गर्नुपर्नेमा जोड दिएका छन् ।
पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीको तर्फबाट अधिवक्ता केशरमणी अर्याल, लक्ष्मी थापा खड्का, पुरुषोत्तम अर्याल, वरिष्ठ अधिवक्ता देवेन्द्र बहादुर थापा र अधिवक्ता चिरन्जीवी उपाध्यायले बहस गरे ।
अभियुक्त गोविन्द चौधरीको तर्फबाट अधिवक्ता राम सुब्बाले बहस गरेका छन् । रामशरण केसीको तर्फबाट अधिवक्ता अरुण ज्ञवाली, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता केदार गुरागाईंले बहस गरेका छन् ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले शरणार्थी प्रकरणमा माथिल्लो निकायमा बस्नेहरुले अपराध गरेको तर, रामशरणलाई मुद्दा लगाएको बताए । न्यौपानेले भने, ‘जो होचो, उसको मुखमा घोचो भनेजस्तो भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण