मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सुनिरा र अभिलाषा सेमिफाइनलमा

मङ्गलबार, ३० जेठ २०८०, २० : ०७
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ ।  सुनिरा थापा र अभिलाषा विष्ट प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा सुनिराले रायना शाहलाई ६–३ र ६–२ तथा अभिलाषाले प्रशंसा मोक्तानलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे । प्रकृति श्रेष्ठ र शुभाङ्गीलक्ष्मी शाह पनि सेमिफाइनलमा पुगे । ६–० ले अगाडि रहेको अवस्थामा प्रतिद्वन्द्वी गंगा शर्मा रिटायर्ड हर्ट भएपछि प्रकृति विजेता घोषित भइन् । शुभाङ्गीले आइसा डोल्कर गुरुङलाई ६–४, २–६ र ६–२ ले हराइन् ।

पुरुष सिंगल्समा प्रदीप खड्काले निहालजंग बहादुर थापालाई ६–१ र ६–२, आरभसम्राट हाडाले राजवीर प्रधानलाई ७–५ र ७–५, आर्यन गिरीले प्रणव मानन्धरलाई ३–६, ६–३ र ६–३, आयुशमान हजुर घलेले साहिल थापालाई ६–० र ६–१, निशान श्रेष्ठले अभिनव आचार्यलाई ६–० र ६–१, अभिषेक बास्तोलाले सक्षमविक्रम शाहलाई ६–० र ६–०, अकी जुवेन रावतले प्रीतम परियारलाई ६–० र ६–२ तथा प्रणव खनालले सौगात विकलाई ६–० र ६–१ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१० ब्वाइज सिंगल्समा आर्याशराज पौडेलले विश्वविशेष डल्लाकोटीलाई ७–६ (२) र ६–४ तथा निश्चल ज्ञवालीले सुजन कुइकेललाई ६–३ र ६–३ ले पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे ।

यु–९ ब्वाइज सिंगल्समा संघर्ष फोडार, आर्याशराज पौडेल, निश्चल ज्ञवाली र इभान भट्टराई सेमिफाइनलमा पुगे । सो स्पर्धाको गल्र्समा सरा पन्त, जीवाश्री भट्टराई, निम्ति कुँवर र थिअ श्रेष्ठले सेमिफाइनलमा स्थान बनाए । यु–१२ ब्वाइज सिंगल्समा अशभसम्राट हाडा, सानोवाज हुसैन र हभिस वंशलले सेमिफाइनल यात्रा तय गरे । उक्त स्पर्धाको गल्र्समा साल्भी शेरचन र आयुशा जिसी सेमिफाइनलमा पुगे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, प्रवेश पन्त, अनिल साइ, सन्तोष खत्री, सिमान्त गुरुङ, दावा सोनाम श्रेष्ठ, छेवाङ लामा र जितेन्द्र परियारले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गरे । ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, महेश श्रेष्ठ, मानबहादुर कटुवाल र मोहम्मद युनुस विजयी भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप