तीन दिनमा संरचना बनाएर १० लाख लिटर पानी

हेटौँडा । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले तीन दिनमा पूर्वाधार निर्माण गरेर दैनिक थप १० लाख लिटर पानी वितरण गरेको छ । बोर्डका अध्यक्ष प्रस्ताव विष्टको अनुसार सुक्खायामसँगै हेटौँडामा पानीको समस्या बढ्न थालेपछि बोर्डले पूर्वाधार निर्माण गरेर उत्पादनमा वृद्धि गरेको हो ।
अध्यक्ष विष्टले मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे ब्यारेक अगाडिको राप्ती खोलामा ‘समवेल’ निर्माण गरेर प्रतिमिनेट एक हजार पाँच सय लिटर पानी थप गरिएको बताए । नेपाली सेनासँग स्वीकृति लिएर हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले ब्यारेक अगाडि रापती खोला नजिक ‘समवेल’ निर्माण गरेको उनको भनाइ छ ।
तीन दिनसम्म निरन्तरको प्रयासपछि पानी निकालेर वितरण गर्न सफल भएको बोर्डका लेखापाल सञ्जय न्यौपानेले बताए । पानी नपरेर सुक्खायाम बढेपछि पानीको अभाव भएका क्षेत्रमा खानेपानी बोर्डले ट्याङ्कीमार्फत पानी वितरण गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानीको समस्याबाट मुक्ति
-
प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्ला विजयी, के च्याम्पियन्स लिग सुरक्षित गर्लान् ?
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण विस्तार
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा