माओवादी केन्द्रलाई पुनर्निर्माण गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै माओवादी केन्द्रलाई पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी कार्यालयमा आयोजित डि आर शर्मा पौडेलको चौथो स्मृति सभामा बोल्दै उनले माओवादीलाई जनताको पार्टी र शक्तिशाली पार्टी बनाइने बताए ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले अब बस्ने केन्द्रीय समिति बैठकले पार्टी पुनर्निर्माणको निर्णय गर्ने बताए । अब पार्टीमा कसैलाई काखा र पाखा नगरिने भन्दै श्रेष्ठले साझा पार्टी बनाउने अभियानमा खट्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
सरकारले अव भ्रष्टाचारी कसैलाई नछोड्ने भन्दै उनले आफै पार्टीका नेता कार्यकर्ता भए पनि कानुनी कठघरामा उभ्याइने दाबी गरे ।
सरकारलाई असफल बनाउन चौतर्फी षडयन्त्र भएको भन्दै उनले षडयन्त्र चिर्दै सरकारलाई सफल बनाएरै छाड्ने प्रण गरे ।
सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले पार्टी सङ्कटमा परेको बेला डिआर पौडेलले अग्र भागमा रहेर समाधान खोज्ने गरेको स्मरण पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण