कपिल शर्मा शोमा काम गरिसकेका हास्य कलाकारले फेसबुक लाइभमा गरे आत्महत्याको कोसिस
द कपिल शर्मा शोमा हास्य कलाकारको रूपमा काम गरिसकेका तीर्थानन्दले फेसबुक लाइभमा विष पिएर आत्महत्याको कोसिस गरिरहेका थिए । यति बेला सोसल मिडियामा भएका केही साथीहरूले त्यहाँको नजिकैको थानामा फोन गरेर प्रहरीलाई जानकारी दिए ।
भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार फोन आएपछि प्रहरी सिधै उनको घर पुगे र तीर्थानन्द नजिकैको एक अस्पतालमा लिएर गए । घटनास्थल पुगेका हवलदार मोरेले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा त्यहाँको स्थिति वर्णन गर्दै भने, ‘फोन आउने बित्तिकै हामी मिरा रोडस्थित शान्ति नगरस्थित बी ५१ बिल्डिङको फ्ल्याट नम्बर ७०३ मा पुगेका थियौँ । त्यहाँ पुग्दा फ्ल्याटको ढोका खुलै थियो र एउटा कुकुर पनि थियो । हामीले बोलाउँदा तीर्थानन्द आधा बेहोस थिए । हामीले उनलाई तत्काल अस्पताल लग्यौँ ।’
के हो घटना ?
तीर्थानन्दले आफ्नो यो अवस्थाका लागि एक महिलालाई जिम्मेवार बताइरहेका छन् । तीर्थानन्दले फेसबुक लाइभमा भनेका छन्, ‘केही महिना अघि मेरो भेट एक महिलासँग भएको थियो । उनका दुई छोरी छन् । हामी लिभ इनमा बसिरहेका थियौँ । त्यति नै बेला मलाई थाहा भयो कि उनी यौनकर्मीको रूपमा काम गरिरहेकी छिन् । म उनीबाट टाढिन चाहन्थेँ । यसैबीच ती महिलाले मलाई धम्की दिन थालिन् । उल्टै उनले ममाथि मुद्दा दर्ता गरिन् । मुद्दाको डरले म लामो समयदेखि सबैबाट भाग्दै हिँडिरहेको छु । धेरै दिन भयो, आफ्नै घर जान पनि सकिरहेको छैन र फुटपाथमा सुत्न बाध्य थिएँ । यस्ता कुराबाट म आजित भइसकेको छु, त्यसैले म आत्महत्या गर्न चाहन्छु ।’
फिल्मी उद्योगमा जुनियर नाना पाटेकरको नामले परिचित
हिन्दी फिल्म उद्योगमा उनलाई नाना पाटेकर जस्तै देखिन्छ भन्ने गरिन्छ । सोसल मिडियामा पनि उनको आधिकारिक नाम जुनियर नाना पाटेकर नै छ । उनले थुप्रै पटक नाना पाटेकरको बडी डबलको रूपमा पनि काम गरेका छन् । यसबाहेक तीर्थानन्द द कपिल शर्मा शोमा पनि देखिइसकेका छन् । जनवरीको महिनामा उनले अभिषेक बच्चनसँग एउटा फिल्म पनि सुटिङ पुरा गरेका छन् । तीर्थानन्द मार्च महिनादेखि बेरोजगार बसिरहेका छन् । यसैबीच उनको रक्सी पिउने लत पनि निकै बढिसकेको छ ।
यसअघि पनि गरेका थिए आत्महत्याको कोसिस, छिमेकीले बचाएका थिए ज्यान
करिब दुई वर्ष अघि पनि तीर्थानन्दले २७ डिसेम्बर २०२१ बेलुका विष खाएर आत्महत्याको कोसिस गरेका थिए । छिमेकीलाई शङ्का लागेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । त्यति बेला उनले कोरोनाका कारण काम नपाएपछि यस्तो कदम उठाएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण