जावेद अख्तरले भने, ‘कंगनाको अन्तरवार्तामा झुटो बाहेक केही थिएन’
भारतीय गीतकार जावेद अख्तरले सोमबार मुम्बईको अदालतमा पेशीको क्रममा अभिनेत्री कंगना रनौतले सन् २०२० मा एक समाचार च्यानललाई दिएको अन्तरवार्तामा झुटो मात्रै बोलेको बताएका छन् ।
जावेद अख्तर सोमबार मुम्बईको अंधेरी मेट्रोपोलिटन मजिस्ट्रेटको अदालतमा हाजिर भएका थिए । जहाँ उनले भने, ‘अन्तरवार्तामा कंगनाले जे भनिन् त्यो झुटबाहेक केही होइन ।’
जावेद अख्तरले नोभेम्बर २०२० मा कंगना रनौतविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए ।
उनले एक टेलिभिजन अन्तरवार्तामा कंगनाले आफ्नो विरुद्धमा अपमानजनक बयान दिएकोले उनको उनको प्रतिष्ठामा ठेस पुगेको बताएका थिए ।
वास्तवमा सन् २०२० मा सुशान्त सिंह राजपूतले आत्महत्या गर्दा कंगना रनौतले एउटा च्यानललाई दिएको अन्तर्वार्तामा भनेकी थिइन्, ‘एक पटक जावेद अख्तरले मलाई आफ्नो घरमा बोलाएर ‘राकेश रोशन र उनको परिवार धेरै ठुला मान्छे हुन् भने । तपाईंले उनीहरूसँग माफी नमागे जेल जानुहुनेछ र अन्तिममा एउटा मात्रै विकल्प बाँकी रहनेछ र त्यो हुनेछ विनाशको... त्यसपछि तपाईं आत्महत्या गर्नुहुनेछ । ’ उनका यी शब्द सुनेर म काँपिरहेको थिएँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण