आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

जावेद अख्तरले भने, ‘कंगनाको अन्तरवार्तामा झुटो बाहेक केही थिएन’

बुधबार, ३१ जेठ २०८०, १३ : ३३
बुधबार, ३१ जेठ २०८०

भारतीय गीतकार जावेद अख्तरले सोमबार मुम्बईको अदालतमा पेशीको क्रममा अभिनेत्री कंगना रनौतले सन् २०२० मा एक समाचार च्यानललाई दिएको अन्तरवार्तामा झुटो मात्रै बोलेको बताएका छन् ।

जावेद अख्तर सोमबार मुम्बईको अंधेरी मेट्रोपोलिटन मजिस्ट्रेटको अदालतमा हाजिर भएका थिए । जहाँ उनले भने, ‘अन्तरवार्तामा कंगनाले जे भनिन् त्यो झुटबाहेक केही होइन ।’

जावेद अख्तरले नोभेम्बर २०२० मा कंगना रनौतविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए ।

उनले एक टेलिभिजन अन्तरवार्तामा कंगनाले आफ्नो विरुद्धमा अपमानजनक बयान दिएकोले उनको उनको प्रतिष्ठामा ठेस पुगेको बताएका थिए । 

वास्तवमा सन् २०२० मा सुशान्त सिंह राजपूतले आत्महत्या गर्दा कंगना रनौतले एउटा च्यानललाई दिएको अन्तर्वार्तामा भनेकी थिइन्, ‘एक पटक जावेद अख्तरले मलाई आफ्नो घरमा बोलाएर ‘राकेश रोशन र उनको परिवार धेरै ठुला मान्छे हुन् भने । तपाईंले उनीहरूसँग माफी नमागे जेल जानुहुनेछ र अन्तिममा एउटा मात्रै विकल्प बाँकी रहनेछ र त्यो हुनेछ विनाशको... त्यसपछि तपाईं आत्महत्या गर्नुहुनेछ । ’ उनका यी शब्द सुनेर म काँपिरहेको थिएँ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप