एसियाली खेलकुद : दाजु–बहिनीसहित ८ जुडो खेलाडी छनोट
काठमाडौँ । चीनमा हुने १९ औँ एसियाली खेलकुदअन्तर्गत जुडोका लागि ८ खेलाडी बुधबार छनोट भएका छन् । नेपाल जुडो संघले खुसिबुस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट खेलाडीको अन्तिम छनोट गरिएको हो ।
नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यका अनुसार पुरुष र महिलामा समान ४–४ गरी ८ खेलाडी छनोट भएका छन् । पुरुष ६० केजीमुनि लुम्बिनी प्रदेशका विकास विक, ६६ केजीमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ, ८१ केजीमुनि नेपाल आर्मीका जंगबहादुर सारू र १०० केजीमाथि आर्मीकै रन्जेश गोले छनोट भए ।
महिला ५२ केजीमाथि बागमती प्रदेशकी देवकीमाया श्रेष्ठ, ५७ केजीमुनि प्रहरीकी मनिता श्रेष्ठ प्रधान, ७० केजीमुनि पुनम श्रेष्ठ र ७८ केजीमाथि आकृति श्रेष्ठले एसियाड सहभागिता निश्चित गरे । इन्द्र र देवकी सहोदर दाजु–बहिनी हुन् । इन्द्र, देवकी र मनिता बन्दी सहायता नियोग (पाम) का उत्पादन पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण