बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश : संसदीय समितिको निर्वाचन असार ३ गते

बिहीबार, ३२ जेठ २०८०, १६ : ३१
बिहीबार, ३२ जेठ २०८०

जनकपुरधाम । मधेस प्रदेशसभाका संसदीय समितिको सभापति पदको निर्वाचन असार ३ गते हुने भएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले संसदीय समितिको निर्वाचन ३ गते आइतबार गर्न निर्देशन दिएका हुन् ।

सभामुख मण्डलले सार्वजनिक लेखा समिति, विकास समिति, महिला बालबालिका तथा सामाजिक न्याय समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र अर्थ तथा योजना समिति गरी चारवटा समितिहरुका सभापतिको निर्वाचनको तयारीका लागि सचिवालयलाई निर्देशन दिए ।  

उक्त निर्वाचन प्रक्रियाको लागि असार २ गते ११ देखि ५ बजेसम्म मनोनयन दर्ता गराउन सभामुखले प्रदेशसभामा जानकारी गराए । निर्वाचनको कार्यतालिका आजै प्रकाशन गर्न समेत सभामुखले सचिवालयलाई निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप