फिल्म ‘गणपति’को सुटिङमा आगलागी
काठमाडौँ । फिल्म ‘गणपति’को छायांकन सेटमा आगलागी भएको छ । बिहीबार बालाजुस्थित चलचित्र विकास संस्थानको ल्याबमा अभिनेत्री वर्षा सिवाकोटीसहित एक सय जना कोरसले नृत्य गरिरहेको सेटमा लोमान बालेर धुवाँ निकाल्ने क्रममा आगलागी भएको हो ।
कविराज गहतराजले नृत्य कोरियोग्राफी गरिरहेका थिए । आगो नियन्त्रणमा आइसकेको भए पनि सेट भने पूर्ण रुपमा जलेर नष्ट भएको लक्ष्मण सुवेदीले बताए ।
आगलागीबाट मानवीय क्षति भएको छैन । तर, सेट जलेर नष्ट हुँदा १० लाख बराबर क्षति भएको बताइएको छ। आगलागीपश्चात् गीतको छायांकन रोकिएको छ । फिल्मको सम्पूर्ण छायांकन भइसके पनि एक गीत खिच्न बाँकी थियो, जुन बिहीबारबाट छायांकन गर्न थालिएको थियो । वर्षा फिल्मको एक गीतमा मात्र देखिँदैछिन् । फिल्मको मुख्य भूमिकामा मुकुन भुषाल र मेनुका प्रधान छन् ।
सविन अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, स्व. जयनन्द लामा, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेललगायतको पनि अभिनय छ । फिल्मको प्रस्तुतकर्तामा रामप्रसाद रिजाल, निर्मातामा लक्ष्मण रिजाल र कार्यकारी निर्मातामा विज्ञान केसी र अरविन्द्र गिरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण