बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले भटमास र सूर्यमुखी तेलको आयातमा भन्सार शुल्क घटायो

बिहीबार, ३२ जेठ २०८०, २१ : ३३
बिहीबार, ३२ जेठ २०८०

नयाँ दिल्ली । भारत सरकारले बिहीबारदेखि लागू हुनेगरी भटमास तेल र सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार शुल्कमा पाँच प्रतिशत कटौती गरेको छ । 

तेलको आयातमा लाग्ने भन्सार शुल्क १७.५ प्रतिशतबाट घटाएर १२.५ प्रतिशतमा झारेको संघीय अर्थ मन्त्रालयअन्तर्गतको राजस्व विभागले जारी गरेको आधिकारिक सूचनामा उल्लेख छ ।

भारतमा खाना पकाउने दुवै तेल मुख्यतया अर्जेन्टिना, ब्राजिल, युक्रेन र रुसलगायत देशबाट आयात हुने गरेको छ ।

घरेलु माग पूरा गर्न र खाना पकाउने तेलको बढ्दो मूल्यलाई नियन्त्रण गर्न यी दुई उत्पादनहरूको थप आयातलाई अनुमति दिने उद्देश्यले यो कदम चालिएको हो । करिब छ महिनापछि भन्सार महसुलको दर पुनरावलोकन गरिएको थियो । 

सूचनामा भनिएको छ, “सार्वजनिक हितमा त्यसो गर्न जरुरी छ । यो सूचना जून १५ देखि लागु हुनेछ ।”

इन्डियन एक्सप्रेसको एक समाचारमा विश्वको सबैभन्दा ठूलो वनस्पति तेल खरिदकर्ता भारतले प्रशोधित भटमास तेल र सूर्यमुखी तेलमा आधार आयात शुल्क घटाएको जनाइएको हो ।-(रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप