सनराइज बैंकद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको शुभारम्भ
काठमाडौँ । अधिकतम बैंकिङ्ग सेवा तथा सुविधाहरू डिजिटल माध्यमद्वारा प्रदान गर्ने अभिप्रायले सनराइज बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त नयाँ सेवाहरूको उद्घाटन गरेका हुन् ।
बैंकले नवीनतम सेवा सुविधा दिने उद्देश्यका साथ ग्राहकहरुलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो । यस सेवा अन्तर्गत ग्राहकहरूले बैंक कर्मचारीको सहयोग बिनै कुनै भौतिक फारम नभरी केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्ने छन् । त्यस्तो रकम तुरुन्तै ग्राहकको खातामा जम्मासमेत हुन्छ ।
यसै गरी KIOSK मेसिनको प्रयोग गरी ग्राहकहरूले कुनै पनि समयमा बैंक कर्मचारीको सहयोग बिनै आफै क्लियरिङ चेक जम्मा गर्न सक्नेछन् । चेकहरू ग्राहकहरूको आवश्यकता तथा छनौट अनुसार सामान्य वा एक्सप्रेस क्लियरिङ अन्तर्गत जम्मा हुनेछ । साथै ग्राहकहरूले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि यसै KIOSK मसिनबाट प्राप्तगर्न सक्नेछन् । बैंकले क्यास डिपोजिट मेसिन सेवा हालको लागि आफ्नो गैरीधारा शाखामा र क्यास डिपोजिट सेवा गैरीधारा तथा न्युरोड शाखामा सञ्चालनमा ल्याएको छ । यी सेवाहरुलाई निकट भविष्यमा अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बैंकको छ ।
सनराइज बैंक सधैँ आधुनिक तथा नवीनतम सेवाहरू प्रदान गर्न अग्रसर रहेको बैक हो । यस्ता नयाँ प्रणालीहरुको प्रयोगबाट नगद तथा चेक जम्मा गर्ने लगायतका सेवाहरू प्राप्त गर्न भौतिक फारम भर्नु पर्ने तथा बैंकको काउन्टरमा लाइनबस्नुपर्ने हालको अवस्था अन्त्य भई ग्राहकहरूलाई सहज सुविधा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माको विश्वास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण