बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सनराइज बैंकद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको शुभारम्भ

शुक्रबार, ०१ असार २०८०, १२ : ५२
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । अधिकतम बैंकिङ्ग सेवा तथा सुविधाहरू डिजिटल माध्यमद्वारा प्रदान गर्ने अभिप्रायले सनराइज बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त नयाँ सेवाहरूको उद्घाटन गरेका हुन् । 

बैंकले नवीनतम सेवा सुविधा दिने उद्देश्यका साथ ग्राहकहरुलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो । यस सेवा अन्तर्गत ग्राहकहरूले बैंक कर्मचारीको सहयोग बिनै कुनै भौतिक फारम नभरी केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्ने छन् । त्यस्तो रकम तुरुन्तै ग्राहकको खातामा जम्मासमेत हुन्छ ।

यसै गरी KIOSK मेसिनको प्रयोग गरी ग्राहकहरूले कुनै पनि समयमा बैंक कर्मचारीको सहयोग बिनै आफै क्लियरिङ चेक जम्मा गर्न सक्नेछन् । चेकहरू ग्राहकहरूको आवश्यकता तथा छनौट अनुसार सामान्य वा एक्सप्रेस क्लियरिङ अन्तर्गत जम्मा हुनेछ । साथै ग्राहकहरूले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि यसै KIOSK मसिनबाट प्राप्तगर्न सक्नेछन् । बैंकले क्यास डिपोजिट मेसिन सेवा हालको लागि आफ्नो गैरीधारा शाखामा र क्यास डिपोजिट  सेवा गैरीधारा तथा न्युरोड शाखामा सञ्चालनमा ल्याएको छ । यी सेवाहरुलाई निकट भविष्यमा अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बैंकको  छ ।

सनराइज बैंक सधैँ आधुनिक तथा नवीनतम सेवाहरू प्रदान गर्न अग्रसर रहेको बैक हो । यस्ता नयाँ प्रणालीहरुको प्रयोगबाट नगद तथा चेक जम्मा गर्ने लगायतका सेवाहरू प्राप्त गर्न भौतिक फारम भर्नु पर्ने तथा बैंकको काउन्टरमा लाइनबस्नुपर्ने हालको अवस्था अन्त्य भई ग्राहकहरूलाई सहज सुविधा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माको विश्वास रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप