समाजवादी मोर्चामा समेटिन बाबुराम सकारात्मक

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले समाजवादी मोर्चा निर्माणमा समेटिन सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डलाई आज बिहान भेटेर फर्किएपछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै बाबुरामले समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम र संगठनात्मक विधि निर्माणमा लाग्ने बताए ।
‘प्रम पुष्पकमल दाहाल प्रचण्डसँग हालैको भारत भ्रमण, संघीय बजेट, टीआरसी, लगायतका शान्ति प्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहंगम कुराकानी भयो’ बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भयो ।’ समाजवादी मोर्चाका विषयमा बाहिर चलेका हल्लामा नबग्न बाबुरामले सबैमा आग्रह गरेका छन् ।
समाजवादी मोर्चामा माओवादी केन्द्रसहित, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा एक ठाउँमा उभिएका छन् । प्रचण्डलाई बाबुरामले भेटेपछि मोर्चामा समेटिने बताएका छन् । अब वामदेव गौतमलाई मात्रै मोर्चामा समेट्ने गरी नेताहरु लागि परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लयमा फर्किए मेस्सी र स्वारेज, कोलम्बसलाई हराउँदै तेस्रो स्थानमा उक्लियो इन्टर मियामी
-
‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान
-
स्वास्थ्यमा गण्डकीको फड्को : १३ अस्पतालको स्तरोन्नति
-
मधेसमा बालविवाहको अन्त्यका लागि कानुन मात्रै पर्याप्त हुँदैन : मन्त्री सुडी
-
प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति गरिँदै
-
यसपछि केही गर्दिन : आमिर खान