बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु बैंक र प्यारामाउण्ट मोटर्सबीच कर्जासम्बन्धी सम्झौता

शुक्रबार, ०१ असार २०८०, १६ : ०१
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । प्रभु बैंक लिमिटेड र प्यारामाउण्ट मोटर्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्स प्रा.लि.का तर्फबाट महाप्रबन्धक सचिन अर्यालले उक्त सम्झौतामा हस्ताक्षर गरे । 

प्रभु बैंक र प्यारामाउण्ट मोटर्स प्रा.लि. बिच सम्पन्न उक्त सम्झौता अनुसार प्यारामाउण्ट मोटर्स प्रा.लि.द्धारा आयात गरिएको एम्जी मोडेल/ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा ग्राहकहरुले छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । 

हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप