सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बजेट नसच्याए जनताले स्वीकार्दैनन् : राजेन्द्र लिङ्देन

शुक्रबार, ०१ असार २०८०, १६ : २२
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट सच्याएर ल्याउन सरकारसँग माग गरेका छन् । बजेट सच्याएर नल्याए जनताले नस्वीकार्ने उनको भनाइ छ । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले बजेट सच्याएर ल्याउने काम सत्ता पक्षले गरे एउटा राम्रो परम्पराको सुरुवात हुने बताए । यसले संसदको पनि गरिमा बढ्ने उनको भनाइ थियो । 

अध्यक्ष लिङ्देनले बजेटमा सत्तापक्ष भित्र रुवाबासीको अवस्था रहेको देखिनु बिडम्बनापूर्ण रहेको समेत बताए ।  अध्यक्ष लिङदेनले सत्तारुढ दलहरुले लोभ गरेर आफ््नो पक्षमा पारेको बजेट खर्च हुने अवस्था नरहेको जिकीर समेत गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप