राष्ट्रिय योजना आयोगको प्रवक्तामा दाहाल
शनिबार, ०२ असार २०८०, १० : ३५
काठमाडौँ । राष्ट्रिय योजना आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव सुमन दाहालले पाएका छन् । आयोगका वरिष्ठ सहसचिव दाहाललाई आयोगको बैठकले प्रवक्ताको जिम्मेवारी दिएको हो ।
यस अघि आयोगका सदस्यहरू मध्येबाट एक जना र कर्मचारी प्रशासनबाट गरी छुट्टाछुट्टै प्रवक्ता राख्ने चलन थियो । त्यो प्रचलन पनि हटाउँदै दाहाललाई एकमात्रै प्रवक्ताको रूपमा आयोगले जिम्मेवारी दिएको हो ।
दाहाल अर्थ मन्त्रालयको पनि प्रवक्ता भइसकेका व्यक्ति हुन् । केही साता अघि मात्रै अर्थ मन्त्रालयबाट आयोग सरुवा भएर आएका दाहाल कोशी प्रदेश सरकारका पूर्व अर्थ सचिव तथा भन्सार विभागका पूर्व महानिर्देशक समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण