बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन, तस्बिरहरु

शनिबार, ०२ असार २०८०, १४ : ५८
शनिबार, ०२ असार २०८०

मेलम्ची । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण गरेका छन् । हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुग्नुभई मेलम्ची आयोजनाको स्थलगत निरीक्षण गर्दै आयोजनाका कर्मचारीहरुसँग जानकारी लिएका हुन् ।

निरीक्षण भ्रमणका क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाबारे व्याख्या गरेका थिए । सोक्रममा उनले आयोजनाले भोग्नुपरेका समस्या र बाँकी कामबारे जानकारी गराएका थिए ।

साथै,  मेलम्चीमा आएको बाढीले आसपासका ४०० घरपरिवार नष्ट भएको र ती क्षेत्रका जनताको भोग्गुपरिरहेको समस्याका बारेमा अभिरुचिपूर्वक चासो लिनुभएको थियो ।  प्रधानमन्त्री प्रचण्डले भने, `कहाँ के गर्नुपर्छ भन्ने एउटा चित्र आएको छ ।  बजेटसँग सम्बन्धित बिषयहरूलाई प्राथमिकतामा राखिने छ ।´ प्रधानमन्त्रीले आफू बाटोमा आउँदा देखेको सडकको दुरावस्था कलाई गम्भीरतापूर्वक लिएको  बताए ।

melamchi (1)melamchi (2)melamchi (4)melamchi (5)melamchi (6)melamchi (7)melamchi (8)melamchi (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप