तिनाउ खोलामा डुबेर किशोरको मृत्यु
शनिबार, ०२ असार २०८०, १६ : ४१
बुटवल । पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । गुल्मीको सत्यवती गाउँपालिका–७ घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ ड्राईभरटोल बस्ने १८ वर्षीय अभिषेक परियारको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले शनिबार दिउँसो पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित ड्याम क्षेत्रमा साथीहरूसँग पौडी खेल्ने क्रममा ती किशोर अचानक डुबेका थिए । प्रहरी चौकी दोभानले अचेत अवस्थामा उद्धार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको थियो ।अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण