बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली उत्पादनको ब्राण्डिङ गरी निर्यात प्रवर्द्धन गर्न अध्यक्ष मल्लको आग्रह

शनिबार, ०२ असार २०८०, १७ : ४८
शनिबार, ०२ असार २०८०

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली बस्तुहरूको ब्राण्डिङ गरेर निर्यात प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । उच्च व्यापार घाटा नियन्त्रणका लागि निर्यातयोग्य बस्तुहरूको पहिचान र अन्तर्राष्ट्रिय ब्राण्डिङको आवश्यकतामा अध्यक्ष मल्लले जोड दिएका हुन् ।

नवलपरासी चेम्बर अफ कमर्सको पहिलो साधारणसभालाई शनिवार उद्घाटन गर्दै अध्यक्ष मल्लले मुलुकमा निर्यात योग्य वस्तुहरूको अपार सम्भावना भएर पनि पहिचान गर्न नसकिएको बताए । मुलुकमा वार्षिक १० खर्व हाराहारीमा निर्यात सम्भावना रहेको अध्यक्ष मल्लको भनाई छ । उनले भने, ‘मुलुकमा प्रत्येक वर्ष बजेटकै हाराहारीमा व्यापार घाटा छ । स्वदेशमा भएका निर्यातयोग्य वस्तुहरूको पहिचान हुन सकेको छैन । निर्यात भइरहेका बस्तुहरूको पनि ब्राण्डिङ हुन सकेको छैन । चिया कफी जस्ता बस्तुहरूको आफ्नै लोगो हुन नसक्दा निर्यातमा अपेक्षित लाभ लिन सकिएको छैन, ।’ नेपाली बस्तुहरूको निर्यात सहजीकरणका लागि मुख्य मुख्य भन्सार नाकाहरूमा अन्तराष्ट्रियस्तरको क्वारेन्टिन ल्याब स्थापना गर्नुपर्नेमा उनले जोड दिए ।

अर्को प्रसङ्गमा अध्यक्ष मल्लले करको दर भन्दा पनि दायरा बढाउन तर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए । राजश्व ६० प्रतिशत हाराहारीमा मात्रै सङ्कलन भएको भन्दै उनले चालु आर्थिक वर्षमा सरकारी श्रोत नै सङ्कुचित हुन पुगेको बताए । केही वस्तुहरूको आयात प्रतिबन्ध लाग्दा राजश्वमा गम्भीर असर परेकाले करको दायरालाई फराकिलो बनाउनुपर्ने अध्यक्ष मल्लको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप