‘आदिपुरुष’ले नेपालमा दुई दिनमा कमायो एक करोड ५० लाख
काठमाडौँ । दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभासको अलावा कृति सेन, सैफ अली खान लगायतको अभिनय रहेको फिल्म ‘आदिपुरुष’ अहिले नेपालमा प्रदर्शनरत छ ।
फिल्मको व्यवसाय भने अनुमान गरे जस्तो हुन सकेन । प्रदर्शन अगाडि ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवाद प्रयोग भएको विषयमा नेपालमा विरोधका भएपछि पूर्व अनुमानित व्यवसाय गर्न नसकेको हो ।
विवादका कारण शुक्रबार बिहानी शो हुन नसकेको फिल्म दिवा शोबाट प्रदर्शन सुरु भएको थियो । विवादका कारण सोचेजस्तो कमाउन नसकेको फिल्मले नेपालमा औसत कमाई गर्न भने सफल भएको छ ।
चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकमा फिल्मले शुक्रबार र शनिबार दुई दिनमा १ करोड ५० लाखबढी कमाइ गरेको बोर्डका सदस्य रवि अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार फिल्मको उपत्यका बाहिर खासै व्यवसाय देखिएको छैन ।
निर्माण समय देखिनै चर्चामा रहेको फिल्म ‘आदिपुरुष’को नेपालमा पनि क्रेज राम्रो देखिएको थियो ।
फिल्मको नेपाल वितरक मनोज राठीले फिल्मले आफूले साचेजस्तो व्यवसाय गर्न नसकेको बताए । फिल्मको व्यवसाय ठिकै छ । कति व्यवसाय गर्यो त्यो भने हेर्न बाँकी छ ।
फिल्मले दर्शक तथा समीक्षकबाट समेत सकारात्मक प्रतिक्रिया पाउन सकेको छैन । फिल्ममा प्रयोग गरिएको भिएफएक्सका कारण धेरैले यसलाई कार्टुन, एनिमेसदेखि भिडिओ गेमसम्मको उपनाम दिएका छन् ।
फिल्ममा प्रभास रामको भूमिकामा छन्, भने कृति सिताको । अभिनेता सैफ अलि खानको भूमिका रावणको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण