तयारीबिनै नयाँ बसपार्कबाट उपत्यका बाहिरिने सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णयको विरोध
काठमाडौँ । पर्याप्त तयारी बिनै राजधानी बाहिर जाने सार्वजनिक यातायातका साधन नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्ने निर्णयको विषयमा प्रतिनिधिसभामा प्रश्न उठेको छ । काठमाडौँ महानगरपालिकाले असार १ गतेदेखि नयाँ बसपार्कबाट मात्रै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेपनि पूर्ण कार्यान्वयन नभइरहेको अवस्थामा संसदमा पनि यसबारे प्रश्न उठेको हो ।
काठमाडौँ महानगरपालिकाले असार १ देखि उपत्यकाबाहिर जान नयाँ बसपार्कबाट मात्रै यात्रु चढाउने र ओराल्ने भनि गरेको निर्णयको केही यातायात व्यवसायी र जनस्तरबाट समेत आलोचना हुँदै आएको छ । यही विषयमा प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै सांसद नारायणी शर्माले पर्याप्त तयारीबिनै यो निर्णय लागू हुँदा कार्यान्वयनमा जटिलता थपिएको बताइन् ।
‘हेर्दा निर्णय राम्रो पनि लाग्छ । तर पर्याप्त तयारीबिनै यो निर्णय लागू हुँदा कार्यान्वयनमा जटिलता थपिएको छ’, उनले भनिन्, ‘ कतिपय यातायात व्यवसायी र जनस्तरबाट असन्तुष्टिको स्वर सुनिन थालेको छ ।’ उपत्यकाको अस्तव्यस्त यातायातका कारण एक ठाउँबाट अर्को ठाउँमा जान घण्टौ लाग्ने गरेको उल्लेख गर्दै उनले भनिन्, ‘ महानगरपालिकाको निर्णयले यदि कोही कलंकी बस्छ र दाङ जानु छ भने कलंकीबाट होइन, सास्ती बेहोर्दै बसपार्क गएर बस चढ्नसपर्छ । फर्किँदा पनि कलंकी झर्न पाइन्न, सिधै बसपार्क जानुपर्छ । यो निर्णय झन्झटिलो छ, यसलाई कार्यान्वयनमा लैजाने हो भने सार्वजनिक यातायातमा सुधार गरिनुपर्छ, सीमित बसस्टप लागू गरिनुपर्छ ।’
पर्याप्त तयारी नगरी हचुवाको भरमा अमुक निजी कम्पनीलाई बसपार्क जिम्मा दिने र असन्तुष्टि बढाउने यस कार्य उनले सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन गराइन् । यसअघि प्रतिनिधिसभा सदस्य माधव सापकोटाले पनि काठमाडौँ महानगरपालिकाको निर्णयको आलोचना गर्दै सच्याउन माग गरेका थिए ।
महानगरपालिकाको निर्णय राम्रो भएपनि व्यवस्थित बसपार्कसहित सीमित स्थानमा यात्रु झर्ने र ओर्लने स्टपको व्यवस्था गर्दै टिकट काउन्टरपनि व्यवस्थित गरिनुपर्ने माग हुँदै आएको छ । यसबारेमा महानगरपालिकाले सरोकारवालासँग छलफलपछि आवश्यक व्यवस्था गर्ने भनेर एक कार्यदल बनाएपनि प्रतिवेदन तयार हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण