एक्सन अवतारमा देखिँदै पूजा
काठमाडौँ । अभिनेत्री पूजा शर्मा एक्सन अवतारमा देखिने भएकी छन् । अहिलेसम्म अधिकांश फिल्म प्रेमकथामा अभिनय गरेकी पूजाले फिल्म ‘दान्भी’ मा एक्सन भूमिका निर्वाह गर्न लागेकी हुन् ।
फिल्ममा पूजाको जोडीको रुपमा नायक कुन्साङ बोमजम देखिँदै छन् । रुपेश तामाङले निर्देशन गर्न लागेको फिल्म छिट्टै छायांकन हुने बताइएको छ । रुपेशले यसअगाडि निर्देशन गरेको फिल्म ‘जय शम्भु’ले तारिफ पाएको थियो ।
‘यसपटक हामीले फिल्ममा नयाँ एक्सनको शैली भित्राउने तयारी गरेका छौँ । फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिनेछ’ निर्देशक तामाङले भने ।
फिल्मलाई लिएर नायिका पूजा शर्मा उत्साहित छिन् । पूजाले फिल्मका लागि मिहिनेत गरिरहेको बताइन् । उनले भने,‘दर्शकमा मलाई लिएर लभ स्टोरी फिल्मको छाप छ । यसपटक दर्शकले दान्भीमा मेरो नयाँ अवतार देख्न पाउनुहुनेछ ।’ नायक कुन्साङ बोमजमले पनि फिल्मलाई लिएर आफू उत्साहित रहेको सुनाए ।
फिल्मको छायांकन नेपाल र सिक्किममा हुनेछ । अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । श्रवण कुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्क बहादुर वाइवा फिल्मका सह–निर्माता हुन् ।
फिल्मका अन्य कलाकार र टिम चाडै नै सार्वजनिक गरिने निर्देशक तामाङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण