प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लोगो सार्वजनिक
काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडलाई नेपाल बीमा प्राधिकरणले मिति साउन २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ ।
आसा महिना भित्र एकीकृत कारोबार गर्ने गरी दुवै कम्पनीको संयुक्त मर्जर समिति, सञ्चालक समिति र व्यवस्थापन समूह तयारीमा लागेका छन् ।
एकीकृत कारोबार पछि प्रचलनमा ल्याइने “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” को लोगो सार्वजनिक गरिएको छ । प्रभु लाइफ र महालक्ष्मी लाइफको देशै भरी १६७ शाखा/उपशाखा सञ्चालनमा भई ४४९ कर्मचारी कार्यरत रहेका रहेको बताइएको छ ।
प्रभु लाइफको बोनस शेयर जारी पछि दुवै कम्पनीको गरी ४२९.६ करोड चुक्ता पूँजी हुनेछ । बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्ता पुँजीको लागि एकीकृत कारोबार पछि ९० करोड बराबर प्रिमियम मूल्यमा एफपिओ जारी गर्ने सहमति भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण