शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
अख्तियारको एक्सन

सिँचाइ विभागका तत्कालीन महानिर्देशकविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा

सोमबार, ०४ असार २०८०, १६ : ३५
सोमबार, ०४ असार २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकर प्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले राजभण्डारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारको छानबिनका क्रममा उनले साढे ३ करोड भन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको छ । 

सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५१ फागुन ३० देखि २०७९ भदौ ३१ सम्म उनले जम्मा तीन करोड पचासी लाख एकाउन्न हजार सात सय चालीस रुपैयाँ अड्चालीस पैसा वैध तरिकाले आर्जन गरेको देखिन्छ । तर उनको कुल सम्पत्ति भने सात करोड बयालीस लाख उनान्तीस हजार छयासी रुपैयाँ पैसठ्ठी पैसा देखिएपछि भ्रष्टाचार भएको ठहर अख्तियारको छ । 

उनको तीन करोड छपन्न लाख सतहत्तर हजार तीन सय छयालीस रुपैयाँ सत्र पैसाको वैधानिक स्रोत पुष्टि हुन नसकेकोले सो बराबरको रकम बिगो कायम गरी मुद्दा दायर भएको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए । 

राजभण्डारीले पदको दुरुपयोग गरी आर्जन गरेको रकम श्रीमती दिपा श्रेष्ठको नाममा समेत देखिएकाले हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदावी लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप