सिँचाइ विभागका तत्कालीन महानिर्देशकविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकर प्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले राजभण्डारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारको छानबिनका क्रममा उनले साढे ३ करोड भन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको छ ।
सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५१ फागुन ३० देखि २०७९ भदौ ३१ सम्म उनले जम्मा तीन करोड पचासी लाख एकाउन्न हजार सात सय चालीस रुपैयाँ अड्चालीस पैसा वैध तरिकाले आर्जन गरेको देखिन्छ । तर उनको कुल सम्पत्ति भने सात करोड बयालीस लाख उनान्तीस हजार छयासी रुपैयाँ पैसठ्ठी पैसा देखिएपछि भ्रष्टाचार भएको ठहर अख्तियारको छ ।
उनको तीन करोड छपन्न लाख सतहत्तर हजार तीन सय छयालीस रुपैयाँ सत्र पैसाको वैधानिक स्रोत पुष्टि हुन नसकेकोले सो बराबरको रकम बिगो कायम गरी मुद्दा दायर भएको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।
राजभण्डारीले पदको दुरुपयोग गरी आर्जन गरेको रकम श्रीमती दिपा श्रेष्ठको नाममा समेत देखिएकाले हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदावी लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण