बार अध्यक्ष घिमिरेले भने, ‘मलाई न्यायाधीशमा कुनै लोभ छैन, जान्न’
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूलाई न्यायाधीश बन्ने कुनै लोभ नभएको बताएका छन् । सर्वोच्च अदालतको न्यायाधीश बन्न लबिङ गरेको आरोपको बीच घिमिरेले आफू न्यायाधीश बनेर नजाने बताएका हुन् ।
सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि घिमिरे लागि परेको भन्दै त्यसको आलोचना भएको थियो । नेपाल बार एसोसिएसनको अध्यक्ष रहेकै समयमा सर्वोच्च अदालतमा न्यायाधीश बनेर जान खोजेको आरोपका बीच घिमिरेले सोमबार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग भेट गरेका थिए । उक्त भेटपछि घिमिरेको विषयमा विभिन्न टीकाटिप्पणी समेत भएको थियो ।
सोमबार साँझ रातोपाटीसँगको कुराकानीमा भने घिमिरेले आफूलाई न्यायाधीश पदको कुनै लोभ नभएको र तत्काल न्यायाधीश बनेर नजाने बताए ।
‘तपाईँ सर्वोच्च अदालतको न्यायाधीश बनेर जान खोज्नुभएको हो ?’ भन्ने रातोपाटीको प्रश्नमा घिमिरेले भने, ‘मलाई न्यायाधीश पदको कुनै लोभ छैन । मलाई अझै बारमा बसेर केही गर्नुछ । आज म मात्रै नभएर बारको टोली र पूर्व अध्यक्षहरुलाई समेत लिएर उहाँले नै दिनुभएको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा कुराकानी गर्न गएको हो । म सर्वोच्च जाने कुरा हल्ला मात्रै हो, त्यसमा सत्यता छैन ।’

न्यायाधीश बन्न अफर आयो भने के गर्नुहुन्छ त भन्ने प्रश्नमा अध्यक्ष घिमिरेले भने, ‘अफर आएपनि म तत्काल न्यायाधीश बन्न जाँदिन । तत्काल न्यायाधीश बनेर जाने लोभ पनि छैन र जान मन पनि छैन । अब भोलि के हुन्छ भन्ने कुरा भोलिकै कुरा हो, बारको कार्यकालभरि म कहीँ जाँदिन ।’
सर्वोच्चको न्यायाधीश बन्न लबिङ गरेको कुरा के हो त भन्ने विषयमा आफूले कहिल्यै त्यस्तो लबिङ नगरेको र बारमा फुट ल्याउन अनाहकमा हल्ला मात्रै चलाइएको घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण