बजेट पारित गर्ने विषयमा गठबन्धनका दलहरू नै अन्योलमा छन्: लेखराज भट्ट
'एमालेमा पूर्व माओवादीहरूमाथि कुनै पेलान छैन'
मङ्गलबार, ०५ असार २०८०, ०९ : ०१
सुर्खेत । नेकपा एमालेका सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले सरकारले ल्याएको बजेट पास गर्नेमा विषयमा गठबन्धनका दलहरू नै अन्योलमा रहेको बताएका छन् । मंगलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा भट्टले बजेट अर्थनीतिलाई माथि उकास्ने खालको नभएको आरोप लगाए ।
उनले भने बजेटमा सुधारका कार्यक्रमहरू देखिएको छैन। बजेट वितरणमुखी परम्परागत तरिकाले आएको छ । कर नीतिमा पनि ठिक नभएकोले यसलाई पास गर्ने विषयमा गठबन्धनभित्र नै अन्यौलता देखिएको छ।
पत्रकारहरूसँगको कुराकानीको क्रममा भट्टले हिजो गठन भएको समाजवादी मोर्चाले कुनै नयाँ चिज दिन नसक्ने ठोकुवा गरे । साथै उनले एमालेमा पूर्व माओवादीहरूमाथि कुनै पेलान नभएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण