बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बजेट पारित गर्ने विषयमा गठबन्धनका दलहरू नै अन्योलमा छन्: लेखराज भट्ट

'एमालेमा पूर्व माओवादीहरूमाथि कुनै पेलान छैन'
मङ्गलबार, ०५ असार २०८०, ०९ : ०१
मङ्गलबार, ०५ असार २०८०

सुर्खेत । नेकपा एमालेका सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले सरकारले ल्याएको बजेट पास गर्नेमा विषयमा गठबन्धनका दलहरू नै अन्योलमा रहेको बताएका छन् । मंगलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा‌ भट्टले  बजेट अर्थनीतिलाई माथि उकास्ने खालको नभएको आरोप लगाए ।

उनले भने बजेटमा सुधारका कार्यक्रमहरू देखिएको छैन। बजेट वितरणमुखी परम्परागत तरिकाले आएको छ ‌।  कर नीतिमा पनि ठिक नभएकोले यसलाई पास गर्ने विषयमा गठबन्धनभित्र नै अन्यौलता देखिएको छ। 

पत्रकारहरूसँगको कुराकानीको क्रममा भट्टले हिजो गठन भएको समाजवादी मोर्चाले कुनै नयाँ चिज दिन नसक्ने ठोकुवा गरे । साथै उनले एमालेमा पूर्व माओवादीहरूमाथि कुनै पेलान नभएको दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप