नागरिकताका लागि आमरण अनसन बसेका रामकुमार शर्मा अस्पताल भर्ना
काठमाडौँ । नागरिकता समस्या समाधानको माग गर्दै आमरण अनसन बसेका माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्मा अस्पताल भर्ना भएका छन् ।
पाँच दिनदेखि माइतीघर मण्डलमा आमरण अनसन बस्दै आएका नेता शर्माको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि रातिदेखि वीर अस्पतालमा भर्ना गरिएको हो । शर्माकी श्रीमती इन्दु शर्माले राति सुगर र प्लेटलेस बढेपछि सरकार पक्षले नै अस्पताल भर्ना गरेको बताइन् ।
उनले प्लेटलेस अलिअलि सुधार आए पनि सुगर कन्ट्रोलमा नआएको बताइन् । नेता शर्मा अझै आमरण अनसनमै नै छन् । डाक्टरले मुखबाट खाना खानका लागि आग्रह गरे पनि नेता शर्माले आफू आमरण अनसनमा बसेको कारण माग पुरा नभएसम्म खान नखाने अडान लिएका छन् ।
डिस्चार्ज भएमा पुनः माइतीघरमा नै गएर अनसन बस्ने उनको तयारी रहेको छ । माइतीघरमा अनसन बस्दै आएका शर्मालाई त्यहाँ टेन्ट बनाउन दिइएन । पानीमा रुझ्दै भिज्दै अनसनलाई निरन्तरता दिएको कारण झन् बिरामी परेको श्रीमती शर्माले बताइन् ।
संसदबाट पारित नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो । तर सर्वोच्च अदालतमा त्यस विरुद्ध परेको रिटमा सुनुवाइ हुँदा अदालतले मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
त्यसपछि नेता शर्माले माइतीघरमा आमरण अनसन सुरु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण