बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरका ४६५ निजी स्कुलले दिए १३ हजार विद्यार्थीलाई छात्रवृत्ति

मङ्गलबार, ०५ असार २०८०, १८ : २९
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका ४६५ निजी विद्यालयले छात्रवृत्तिको विवरण पेश गरेका छन् । महानगरभित्र रहेका ५०४ निजी विद्यालयमध्ये ४६५ विद्यालयले १३ हजारभन्दा बढी विद्यार्थीलाई विभिन्न किसिमका छात्रवृत्ति प्रदान गरेका हुन् । 

महानगरको इतिहासमा पहिलो पटक यसरी विद्यालयहरूले प्रदान गरेको छात्रवृत्तिको विवरण पेश गरेका हुन् । 

पेश गरिएको विवरणमाथि महानगरपालिकाले आवश्यक निरीक्षण तथा अनुगमन गरेर सूची प्रकाशित गर्नेछ । 

हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराइएको छ । उनीहरूलाई उक्त जरिवानापछि थप एक पटक विवरण बुझाउने मौका दिइएको मेयर बालेन शाहले जनाए । त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उनको भनाई छ । 

विद्यमान कानुनी प्रबन्ध कार्यान्वयन गर्दा यी १३ हजार विद्यार्थीले छात्रवृत्ति पाएको उनको भनाई छ । कानुन निर्माणको महत्त्व कार्यान्वयनबाट मात्र पुष्टि हुने भन्दै त्यसका लागि कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप