काठमाडौँ महानगरका ४६५ निजी स्कुलले दिए १३ हजार विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका ४६५ निजी विद्यालयले छात्रवृत्तिको विवरण पेश गरेका छन् । महानगरभित्र रहेका ५०४ निजी विद्यालयमध्ये ४६५ विद्यालयले १३ हजारभन्दा बढी विद्यार्थीलाई विभिन्न किसिमका छात्रवृत्ति प्रदान गरेका हुन् ।
महानगरको इतिहासमा पहिलो पटक यसरी विद्यालयहरूले प्रदान गरेको छात्रवृत्तिको विवरण पेश गरेका हुन् ।
पेश गरिएको विवरणमाथि महानगरपालिकाले आवश्यक निरीक्षण तथा अनुगमन गरेर सूची प्रकाशित गर्नेछ ।
हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराइएको छ । उनीहरूलाई उक्त जरिवानापछि थप एक पटक विवरण बुझाउने मौका दिइएको मेयर बालेन शाहले जनाए । त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उनको भनाई छ ।
विद्यमान कानुनी प्रबन्ध कार्यान्वयन गर्दा यी १३ हजार विद्यार्थीले छात्रवृत्ति पाएको उनको भनाई छ । कानुन निर्माणको महत्त्व कार्यान्वयनबाट मात्र पुष्टि हुने भन्दै त्यसका लागि कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण