सांसद बडू भन्छन्–किन समाजवादी मोर्चा चाहियो, विचारणीय पक्ष छ
मङ्गलबार, ०५ असार २०८०, १९ : १३
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले अहिले नै किन समाजवादी मोर्चा चाहियो भन्नेकुरा विचारणीय रहेको बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजनीतिक दृष्टिकोणबाट वातावरण बनाउन खोजिएको महसुस भएको बताए ।
उनले भने, ‘ठ्याक्कै यतिबेला यो किन महसुस भयो यो पनि एउटा विचारणीय पक्ष हो । एउटा राजनीतिक दृष्टिकोणले पनि मलाई लाग्छ, एउटा वातावरण बनाउन खोजेको होला । किनभने हामी पनि संगठित भएका छौँ, हाम्रो पनि तागत यति छ, भन्ने एउटा म्यासेज दिने एउटा उद्देश्य होला । त समाजवादतर्फ मुलुकको अभीष्ट हो, लक्ष्य हो भन्ने कुरालाई भनेका छन् । छरिएर बस्नुभन्दा एक ठाउँमा आउनु राम्रो हो ।’
सांसद बडूले छरिएर बस्नु भन्दा एकत्रित हुनु राम्रो पक्ष भएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण