बजेटले आईटी क्षेत्रलाई बेवास्ता गर्यो : सांसद डा.वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले बजेटले आईटी क्षेत्रलाई बेवास्ता गरेको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै वाग्लेले वर्तमान सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटले अथाह सम्भावना भएको आईटी क्षेत्रलाई बेवास्ता गरेको बताएका हुन् ।
सांसद डा.वाग्ले नेपालको अथाहा सम्भावना भएको भनिएको पर्यटन क्षेत्र भन्दा पनि ठूलो सम्भावना आईटी क्षेत्रमा रहेको बताए । उनले सरकारले बजेट आईटी क्षेत्र प्राथमिकता दिनसके मात्रै पनि आईटी क्षेत्रले मुलुकलाई समृद्ध बनाउन सकिने बताए । उनले सरकार आईटी क्षेत्रले मुलुकलाई समृद्ध बनाउने बाटोतर्फ लैजाने बजेटमार्फत कुनै सोच विचार नगरेको दाबी गरे ।
सांसद डा.वाग्लेले नेपालमा आईटी क्षेत्रको सम्भावना र विदेशको काम गर्ने नेपाली कति छन् भन्ने अध्ययन अहिलेसम्म नगरेको बताए । उनले निजी क्षेत्रबाट भएको अध्ययनको प्रारम्भिक तथ्यांकहरू सुन्दा नेपालको आर्थिक ‘लेन्डस्किप’मा नै सानोतिनो भूकम्प ल्याउने अनुमान गर्न सकिने बताए ।
सांसद वाग्लेले यति डाइनामिक सेक्टर नेपालमा रहेको दाबी गरे । उनले करिब ५१५ मिलियन डलरको आम्दानी नेपालमा बसेर वार्षिक रुपमा गराइरहेको बताए । उनले कम्पनीगत हिसाबले २०१ र फ्रि लेन्सरहरुबाट करिब ३१४ मिलियन रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण