इन्धनको मूल्य
हवाई इन्धनको मूल्य घट्यो
मङ्गलबार, ०५ असार २०८०, २० : ३२
काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । हवाई इन्धनको नयाँ मूल्य केही मात्रामा घटेर आएको बताउँदै निगमले मूल्य समायोजन गरेको जानकारी दिएको हो ।
निगमले आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ प्रतिलिटर कायम गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति किलोलिटर २ सय अमेरिकी डलर (करिब २६ रुपैयाँ प्रति लिटर) ले घटाएको हो ।
मूल्य समायोजन पश्चात् भारतको कोलकाताको हवाई इन्धन (आन्तरिकतर्फ) को बिक्री मूल्यको तुलनामा काठमाडौँमा बिक्री गरिने मूल्य प्रति लिटर ३.६९ रुपैयाँले सस्तो रहेको निगमले जानकारी दिएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण